अध्यादेशबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी फुटाउन सजिलो बनाउने गरि सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्न लागेको पदाधिकारी बैठकमा सरकारले सोमबार जारी गरेका दुई अध्यादेश र पछिल्लो राजनीतिक घटनाक्रमहरुको बारेमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
कांग्रेस सभापति देउवाले सोमबार वक्तव्य जारी गर्दै सरकारको कदमको विरोध गरेका थिए । उनले विधेयक तत्काल फिर्ता लिन र कोरोनाबाट जनताको जीवनरक्षामा सम्पूर्णरूपले केन्द्रित हुन सरकारलाई अपिलसमेत गरेका थिए।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्