नेकपाको सचिवालय बैठक सम्पन्न, सात बर्ष पछि मात्र विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भर्खरै सकिएको छ । सचिवालय बैठकबाट नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमतिपत्र दिने निर्णय गरेको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमाथि छलफल हुँदै आएको छ । पछिल्लो बैठकमा समितिकी सभापति शशी श्रेष्ठले गृहमन्त्री रामबहादुर थापा बादललाई यसबारे सरकारको धारणा बनाउन एक हप्ताको समय दिएकी थिइन् ।
हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्कालै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ । नेकपाको निर्णय गरेसँगै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा छिट्टै निर्णय गर्ने भएको छ । यसअघि समितिले सबै पक्षबीच सहमति जुटाउन सरकारलाई समय दिएको थियो ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा विवाद हुँदा करिब २ वर्षयता रोकिएको यो विधेयकमा नेपाली कांग्रेस, मधेसवादी दल लगायतले भने तत्काल नै अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्