Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपाका दुई अध्यक्ष केपी ओली र प्रचण्ड विच छलफल, एकताको मर्मअनुसार अघि बढ्ने समझदारी


काठमाडौं ।
सत्तारुद दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको विवाद मिलाउने प्रयास स्वरुप नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विच भएको वार्ता सकारात्मक दिशामा अघि बढेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डविच करिब ३ घण्टा लामो बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी भएको छ ।

पछिल्लो समय नेकपा भित्र चुलिदैँ गएको विवादका कारण पार्टी नै फुटको संघारमा पुुगेकाले पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलमा नेकपाका महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए ।

बैठक सकारात्मक दिशामा अघि बढेको र थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको र फेरि अर्को चरणमा बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको बैठकमा सहभागी नेता जनार्दन शर्माले बताएका छन् ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले ल्याएका अध्यादेश, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्त्य गरेपछि विवाद थप उचाइमा पुगेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्