Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच शनिबार भेटवार्ता, भेट अर्थपुर्ण हुनसक्ने


काठमाण्डौ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद चुलिएर नसुल्झिएको अवस्थामा नेकपाका अध्यक्ष साथै प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिसँगको भेटवार्ता नियमित भएको जनाए पनि नेकपा भित्र चुलिएको विवाद विचमा भएको भेटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

दुई दिनअघि सदनको बजेट अधिवेशन अन्त्यका लागि परामर्श गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भवन पुगेका थिए ।

पार्टीभित्रबाटै अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न प्रधानमन्त्री ओलीलाई दबाब आएको छ । विवाद बढ्दै गएपछि सहमति जुटाउन भन्दै स्थायी कमिटी बैठक पनि पुन स्थगित गरिएको छ ।

यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपतिलाई भेटेका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्