Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रत्येक बर्ष लिने गोर्खा भर्ती पहिलो पल्ट रोकियो


काठमाण्डौ

बेलायतले बर्षेनी गर्ने गोर्खा भर्ती पहिलो पल्ट रोकिएको छ ।

बेलायतले प्रत्येक बर्ष प्रदेश १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिने गर्छ । तर यस बर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारण बेलायतले पहिलो पटक गोर्खा भर्ती रोकेको हो ।

बेलायती सेनाको बिग्रेड अफ गोर्खा प्रमुख कर्णेल रिचर्ड गुडम्यानले जारी गरेको विज्ञप्ती अनुसार कोरोना संक्रमणका कारण यस वर्षको गोर्खा भर्ती स्थगित गरिएको जनाएका छन् ।

२१ मे देखि १० जुलाई सम्म नयाँ नाम दर्ताका लागि  लागि मिति तोकिएको थियो । भने धरानको क्षेत्रिय छनोट २१ सेम्टेम्बरदेखि १८ अक्टोबर र पोखराको ९ अगस्टदेखि सेप्टेम्बर १० सम्म छनोट मिति तोकिएको थियो ।

कोरोनाको कारण यसपटक भर्ती बन्द भए पनि सहज वातावरण भएमा गत वर्ष उत्तम अंक ल्याएर असफल भएकाहरुलाई मौका दिएर केन्द्रीय छनोट हुने र गत सालको रेक्रुट इन्टेक २० को क्षेत्रीय र केन्द्रीय छनोटमा उत्तम अंक ल्याएर असफल भएका युवालाई भर्ती हुन अवसर प्रदान गरिन विज्ञप्तीमा जनाइएको छ ।

४ सय ३२ नेपाली युवालाई बेलायती सेनामा र एक सय २० युवालाई सिंगापुर प्रहरीमा बेलायतले हरेक बर्ष भर्ती गर्दै आएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्