Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपामा आज र भोलीसम्म, सहमति हुने वा नहुने टुंगो लाग्न सक्ने


काठमाण्डौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र विवाद चुलिएपछि बुधबार सम्म सहमति हुने वा नहुने टुंगो लगाउने गरि वार्ताको तयारी हुन लागेको नेकपाका एक स्थायी सदस्यले बताएका छन् ।

यसै बिच पार्टी भित्रको संकट समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुँदैछ ।

बालुवाटारमा ओली र प्रचण्डबीच वार्ता हुने भएपनि समय भने तय भइ सकेको छैन ।

यसअघि सोमबार झण्डै डेढ घण्टा वार्ता भएको थियो । सोमबार वार्ता सुरु भएपनि पुन छलफल गर्नेगरी दुवै नेता उठेका थिए ।

पार्टीमा बढेको गतिरोध अत्यका लागि दुवै अध्यक्षले कार्यदल गठन गरेको भन्दै केही सञ्चार माध्यममा आएको समाचारको भने प्रचण्डको सचिवालयले खण्डन गरेको छ।

नेताहरुबीच सहमति खोज्न भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्