अनशनमा बसेका २ युवा र सरकार बिच १२ बुँदे सहमति

काठमाडौं ।
कोरोना कोभिड १९ को संक्रमण फैलिदै गएपछि पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ ।
सरकार सँगको सहमति पछि उनीहरुले मंगलबार विहानबाट अनसन तोडेका छन् ।
आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुर्नस्थापना गराउने, विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने, कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने जस्ता सहमति भएका छन् ।
दुई युवाहरु पाटनको डबलीमा अनसन बसेका थिए ।
अनसनकारी तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले १२ बुँदे सहमतिमा हस्ताक्षर गरि अनशन तोडिएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्