राष्ट्रिय पूर्वसैनिक संगठनद्धारा स्वास्थ्य सामाग्री वितरण

रुपन्देही ।
राष्ट्रिय पूर्वसैनिक संगठन, केन्द्रीय समितिको तर्फबाट असार २२ गते कपिलवस्तुको वाणगंगा अस्पताल र रूपन्देहीको शुद्धोधन गाऊँपालिका स्वास्थ चौकीलाई गुणस्तरीय पीपीई सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
कोरोनो भाईरस कोभिड् १९ को महामारी विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका जनसंगठनहरूको विभिन्न कार्यक्रम अन्तर्गत पार्टीको पूर्वसैनिक संगठनको रुपमा क्रियाशील राष्ट्रिय पूर्वसैनिक संगठनले उक्त कार्य गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष क्या. भीम बहादुर राना सहितको टोलीले बाणगंगा अस्पतालका चिकित्सक रंजिता महतोलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।
त्यस्तै, शुद्धोधन स्वास्थ्य चौकीका लागि प्रतिनिधि दिनेश त्रिपाठीलाई हस्तान्तरण गरिएको संगठनका प्रदेश ५ (लुथम) अध्यक्ष क्या. बल बहादुर थापाले जानकारी दिएका छन् ।
यसै बीच, असार २३ गते पूर्व सैनिक संगठनको, प्रदेश ५ समितिको आयोजनामा बुटवलमा समसामयिक विषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
संगठनका प्रदेश अध्यक्ष क्या. बलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी महासचिव केशव सूर्यवंशी, उपमहासचिव टोप अस्लामी, पूर्वसैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भीमबहादुर रानाले विभिन्न विषयमा पार्टी तथा संगठनको अवधारणा र कार्यनीति विषयमा प्रकाश पारेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्