Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

मुमाराम खनाल र सुर्यराज आचार्यले छाडे साझा पार्टी


काठमाडौं ।

आइतबार बसेको साझा पार्टीकोे केन्द्रीय समिति बैठकबाट पार्टीका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले पार्टीबाट अलग्गिने बताएका छन् ।

साझा पार्टी र विवेकशील नेपाली दल फुटको डेढ वर्षपछि फेरि एकता गर्ने प्रयासमा जुटेपछि त्यसमा असहमति जनाउँदै उनीहरूले पार्टी छोडेको बताइएको छ ।

११ साउन २०७४ मा पनि पार्टी एकता गरेका साझा र विवेकशील २७ पुस २०७५ मा फुटेका थिए । लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् ।

साझा पार्टीको २६ गते बसेको सचिवालय बैठकले पार्टीका समितिहरू भंग गरेर जान ठीक नहुने र विवेकशीललगायतका दलहरूसँग एकीकरण अगाडि बढाउनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात आचार्य र खनालले पुरानै पार्टीसँग मिलेर जानुको कुनै अर्थ नहुने भन्दै पार्टीबाट बाहिरिएका हुन् ।

बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । साथै उनीहरु पार्टीबाट बाहिरिए पछि आचार्य र खनाललाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्