Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपा भित्रको विवाद समाधानको लागि ओली, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवाद समाधानको लागि अध्यक्षद्वय प्रधानमन्त्री समेत रहेका केपी शर्मा वली र पुष्पकमल दाहाल प्रचण्ड साथै वरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको वार्तामा पार्टीमा देखिएको गतिरोध अन्त्यको प्रयास हुनेछ ।

ओलीले आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएपछि स्थायी कमिटीका ३१ जना सदस्यले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । त्यसपछि नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

यसभन्दा अगाडि घोषणा गर्दै स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबारका लागि तय गरिएको छ ।

शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमतिको बिन्दु पहिल्याउन ओली र प्रचण्डबीच भएका यसअघिका वार्तामा ओलीले राजीनामा नदिने अडान राखेपछि सहमति जुट्न सकेको छैन । गत असार १६ गतेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिएपनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् ।

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाल लगायतका नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् ।

यसअघि ओली र प्रचण्डबीचका वार्तामा दुवैजनाले आआफ्नै अडान राखेका छन् । एजेण्डागत छलफलसमेत हुन सकेको छैन त्यसैले आजको वार्तामा एजेण्डागत छलफल गर्ने तयारी छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्