बाढीपहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा लाग्ने नेकपा स्थायी समिति बैठकको निर्णय, ओली अनुपस्थित

काठमाण्डौँ
नेपाल कम्युनिष्ट पार्टी नेकपाको मंगलबार बसेको स्थायी समिति बैठक मंगलबार केहीबेर बसी बाढीपहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा लाग्ने निर्णय गरि स्थगित भएको छ ।
अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री निवासमै बैठक बसेको भएपनि मंगलबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् ।
बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लागि पर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकपछि बताएका छन् ।
अर्को बैठक साउन १३ गते बस्ने श्रेष्ठले जानकारी दिएका छन् ।
बाढी र पहिरोका कारण हाल देशभरको जनजीवन प्रभावित भएको छ भने कतिपय स्थानमा राजमार्ग र पुल समेत भत्किएको छ । बैठकमा अन्य एजेण्डालाई थाती राखेर कार्यकारी अध्यक्ष प्रचण्डले बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा पार्टी पंक्ति लाग्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावलाई पार्टीले एकमतले पारित गरेको हो ।
बैठक स्थगित गरेर सहमति जुटाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न सकेको छैन भने ओली राजीनामा नदिने अडानमा टसमस छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्