होटल, रेष्टुरेन्ट, पर्यटन व्यवसाय साउन १५ बाट खोल्ने सरकारको निर्णय

काठमाडौं ।
सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य भएको निर्णय गरे सँगै साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसाय सँग सम्वन्धित क्षेत्रहरु समेत सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले होटल, रेस्टुराँ, ट्रेकिङ, ट्राभल्स र पर्वतारोहण व्यवसायसँग सम्बन्धित क्षेत्र साउन १५ गतेबाट मात्रै सञ्चालन गर्न दिइने जानकारी दिएका छन् ।
जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै यी व्यवसाय सञ्चालन गर्नुपर्ने छ । भने सरकारले हिउँदे सिजनको पर्यटन व्यवसायलाई सुचारु गर्न तयारी गरेको मन्त्री खतिवडाले जानकारी दिएका छन् ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्