नयाँ १३३ जनामा कोरोना संक्रमण पुष्टि, थप १ को मृत्यु

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा पर्सामा मात्रै ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।
लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।
यस्तै थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-११ कि ८५ वर्षीया
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्