नवगठित माओवादी समुहलाई नेकपा (माओवादी) मा समाहित हुन आव्हान । (विज्ञप्ती सहित)

काठमाण्डौ
गत मंगलबार नेकपा बाट छुट्टिएर जुनेल जिसीको नेतृत्वमा नेकपा (माओवादी) पार्टीको घोषणा भएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विमल अधिकारीको नेतृत्वको नेकपा (माओवादी) मा समाहित हुन जिसी समुहको नेतृत्वलाई आव्हान गरेको छ ।
नेकपा (माओवादी)का संयोजक विमल अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत उक्त आह्वान गरिएको हो । विज्ञप्तिमा आफ्नो पार्टी करिब २६ महिना अगाडि नै स्थापना भई देशैभर क्रियाशिल भईसकेकोमा सोहि नाममा अर्को कसैको नेतृत्वमा नेकपा (माओवादी) खडा गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । साथै, सोहि नाममा अर्को नेतृत्वमा पार्टी खडा गर्नु विधी सम्मत नभएको र विचारबाट च्यूत भैसकेपछि फेरी नेकपा (माओवादी) स्थापना गर्नु जनता समक्ष भ्रम सिवाय अरु केहि नभएको समेत उल्लेख गरेको छ ।
विज्ञप्तीको पुर्णपाठ :
प्रेस विज्ञप्ती
यहि मिति २०७७।०४।२० गते विभिन्न अनलाइन खबरबाट प्राप्त स्रोत अनुसार र नेकपा बाट छुट्टिएर जुनेल जिसीको नेतृत्वममा नेकपा (माओवादी) पार्टीको घोषणा भक्तपुरको रफत संचार क्लबबाट भएको घटनाले हामीलाई गम्भीर ध्यानाकर्षण तुल्याएकोछ । पार्टी निर्माणको न्यूनतम विधी प्रक्रिया र पूर्व इतिहासलाई सामान्य जानकारी नराखी विगतका इतिहासलाई एकाएक ओझेल पार्ने षड्यन्त्रको हाम्रो पार्टी गम्भीर भण्डाफोर गर्न चाहन्छ । स्मरण रहोस तत्कालिन नेकपा(माओवादी केन्द्र) ले आफ्नो विचार, दृष्टिकोण मूल्य मान्यता र संगठनिक पद्धतिलाई लत्याएर नेतृत्वको मनोमानी ढङ्गबाट तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गरेपश्चात क. विमल अधिकारीको नेतृत्वमा गम्भीर सैद्धान्तिक तथा राजनैतिक विमति राखि वि.स.२०७५।०२।१३ गते नेकपा (माओवादी) पार्टीको घोषणा भएको थियो । उक्त पार्टीले आफ्नो स्थापनाको करिब २६ महिना पार गरिसकेको छ र यो पार्टी अहिले देशभर कृयाशिल छ । करिब ३७ जिल्लामा यसले आफ्नो संगठन विस्तार गर्न सकेको छ र विदेशमा भारत, अष्ट्रेलिया र युरोपमा प्रवास संगठन विस्तार गरिसकेको छ । अतः नेकपा (माओवादी) पहिले नै स्थापना भैसकेको कारण फेरी अर्को कसैको नेतृत्वको नेकपा (माओवादी) खडा गर्नु एक विधी सम्मत पनि छैन र अर्को विचारबाट च्यूत भैसकेपछि फेरी नेकपा
(माओवादी) स्थापना गर्नु जनता समक्ष भ्रम सिवाय अरु केहि हुदँैन । बाटो विराएर सिद्धान्त दृष्टिकोण र मूल्य मान्यतालाई इतिहासको कुनै दिन मालेमावादलाई त्याग गरे पनि पुनः प्रायश्चित गरी पुरानै वैचारिक प्रवाहमा फर्किनु आफैमा स्वागत योग्य छ । यसकारण पहिले नै गर्भिलो माओवादी इतिहासलाई विचार र सिद्धान्त सहित जगेर्ना गरिरहेको क. विमल अधिकारीको नेतृत्वको नेकपा (माओवादीमा सामाहित हुन क. जुनेल जिसी नेतृत्वको समुहलाई हार्दिकताका साथ नेकपा (माओवादी) आव्हान गर्दछ ।क्रान्तिकारी अभिवादन सहित ।
विमल अधिकारी
संयोजक
नेकपा (माओवादी)
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्