Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

काठमाण्डौ उपत्यका भित्र अत्यावश्यक बाहेकको प्रशासनिक सवै सेवा स्थगित गर्ने निर्णय


काठमाडौँ

काठमाण्डौ उपत्यका भित्र अत्यावश्यक बाहेकको सवै सेवा स्थगित गर्ने निर्णय निर्णय भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

शान्ति सुरक्षा अत्यावश्यक सेवाबाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने बैठकले तय गरेको छ ।

अत्यावश्यक सेवा प्रदान गर्ने बाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्ने र यसका लागि कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ ।

बैठकले सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने, मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा पनि निर्णय गरेको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्