Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

व्यवसायी, कर्मचारीलाई आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्न सरकारको उर्दी


काठमाडौ ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले सपिङ मल, रेष्टुरेन्ट, होटल लगायतका व्यवसायमा संलग्न व्यवसायी तथा कर्मचारीहरुलाई अनिवार्य रुपमा आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न उर्दी जारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्तिमा जारी यस्ता व्यवसायमा संलग्न हुने र धेरै मानिसहरुको सम्पर्कमा आउने व्यक्तिमा कोरोना संक्रमणको जोखिम धेरै हुने हुँदा अनियार्य पीसीआर जाँच गर्नुपर्ने जनाएको हो ।

नेपालका घना बस्ती भएका जिल्लाहरुमा विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था रहेको भन्दै व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, मन्त्रालयले फ्रन्टलाईनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पिसिआर गरेर मात्र कामकाजमा लगाउन सबै वर्ग र तहका अस्पतालहरुलाई निर्देशन दिएको हो।

कोरोनाको संक्रमण बढ्दै गएकाले संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्वसाधारणबाट जोगाउन अनिवार्य पिसिआर गर्नुपर्ने सूचनामा उल्लेख छ ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्