Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपा विवाद समाधानका लागि कार्यदल गठन, महासचिव संयोजक


काठमाडौं ।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन भएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले कार्यदल बनाएको हो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल सदस्य रहेका छन् । महाधिवेशन केन्द्रित रहेर सहमतिको खोजि सुरु गरिएको छ । महासचिव पौडेल नै सहमतिको खाका हिजो प्रस्तुत गरेका थिए ।

कार्यदलले आगामी चार दिनभित्र प्रस्ताव पेश गर्ने एक सदस्यले जानकारी दिए । उनका अनुसार समयसीमा नतोकिएपनि जतिसक्दो सहमतिको प्रतिवेदन तयार गर्न कार्यदल केन्द्रीत हुनेछ ।

नेकपामा पार्टी विधानविपरित सरकार र पार्टी सञ्चालन भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चर्को विरोध हुँदै आएको थियो । त्यसक्रममा ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने भन्दै प्रचण्ड र नेपाल पक्षले चर्को दबाब दिँदै आएका थिए ।

कार्यदलले पार्टीभित्र उठेका विभिन्न विषयको एकीकृत सुझावसहितको प्रतिवेदन बुझाउने छ । जसमा विचारदेखि महाधिवेशन लगायतका विषय समेटिने छन् । नेकपामा जनताको बहुदलीय जनवाद की जनताको जनवाद मान्ने भन्ने विवाद छ । त्यस्तै महाधिवेशन मंसिरमा कि चैतमा भन्ने पनि विवाद छ । त्यस्तै सहमतिबाट आगामी महाधिवेसनमा नेतृत्व चयन, अहिलेसम्म सरकार तथा पार्टीबाट भएको गल्ती कमजोरी सच्चाउने, आत्मालोचना गर्ने, आगामी दिनमा पार्टी निर्णयबमोजिम राजनीतिक नियुक्ति गर्ने, हालका केही मन्त्री मुख्यमन्त्रीहरु फेरवदल गर्ने लगायतका विषयमा नेकपामा छलफलको विषय बनेको छ ।

त्यस्तै आगामी पुरै कार्यकाल ओलीले सरकारको नेतृत्व र प्रचण्डले पार्टीको पुरै नेतृत्व गर्ने भन्ने लगभग सहमति भैसकेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्