विभिन्न ठाउँमा पहिरोमा परेकाहरुको खोजी र उद्धारमा लाग्न प्रचण्डको आह्वान

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिरोमा परेकाहरुको खोजी र उद्धारमा जुट्न आह्वान गरेका छन् ।
शुक्रबार बिहान सिन्धुपाञ्चोकको जुगल गाउँपालिका –२ लिदीमा १३ घर पुरिँदा ७ जनाको मृत्यु र झण्डै ३ दर्जन बेपत्ता र ठुलो धनजनको क्षति भएको घटनाले आफुलाई स्तब्ध बनाएको प्रचण्डले बताएका हुन् ।
शुक्रबार समवेदना व्यक्त गर्दै नेकपाका अध्यक्ष प्रचण्डले उक्त घटनामा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आव्हान पनि गरेका छन् ।
प्रचण्डद्धारा जारी गरेको समवेदना पत्रमा पहिरोमा परि घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको समेत कामना समेत गरेका छन् ।
त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ र तथा मकवानपुरमा पनि एक जनाको मृत्यु भएको छ । ‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ प्रचण्डले पीडितहरुमा समवेदना व्यक्त गरेका छन् ।
साथै प्रचण्डले बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सरकारलाई अपिल समेत गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्