नेकपाको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ? पुर्ण पाठसहित ।

काठमाण्डौ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको पार्टी नै विभाजन हुने गरि स्थितिमा पुर्याएको विवादको समाधानको लागि भन्दै गठिन ६ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ ।
कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो । सार्वजनिक भएको उक्त प्रतिवेदनमा ओलीले प्रतिनिधिसभाको पूर्ण कार्यकालभर सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने गरी अघि बढ्न सुझाव दिइएको छ ।
मंसिर ४ गतेको सहमतिमा ओलीले ५ वर्ष सरकार सञ्चालन गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने भनिएको थियो सोहि सहमतिलाई आधार मान्नु पर्ने प्रतिवेदनमा सुझाव दिएको हो । पार्टी विवाद अन्त्यसम्बन्धी प्रस्ताव तयार पार्न गठित कार्यदलले कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनरुत्थानमा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताको कार्यान्वयनजस्ता विषयमा काम केन्द्रीत गर्न कार्यदलले सरकारलाई सुझाव दिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको पूर्णपाठमा यस्तो छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्