Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपाको सचिवालय बैठक आगामी शनिबारलाई तय


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी भदौ १३ गते शनिवार बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको हो ।  कार्यदलको प्रतिवदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै २ घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।

पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत अनुमोदन गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।

ओलीप्रचण्डले अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

सचिवालय बैठकमा पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलले प्रतिनिधिसभाको बाँकी कार्यकालभर ओली नै प्रधानमन्त्री रहने र पार्टी सञ्चालन अर्का अध्यक्ष प्रचण्डले गर्ने गरी शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्