Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनाव : डोनाल्ड ट्रम्प र जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस सुरु


 

संयुक्त राज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनावका उमेद्वार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रमुख प्रतिद्वन्द्वी जो बाइडनबीच पहिलो प्रत्यक्ष बहस भइरहेको छ ।

अमेरिकामा राष्ट्रपति चयनका लागि मतदाताहरूले अन्य कुराका साथै टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस्तो बहसले ठुलो महत्व राख्ने गर्दछ । ओहायोको क्लिभल्यान्डबाट प्रत्यक्ष प्रसारण भइरहेको उक्त बहस लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको छ ।

बहस ट्रम्पले कर छलेको भन्ने खालको समाचार सार्वजनिक भएका बेला सुरु भएको हो । नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपतीय चुनावमा ट्रम्प दोस्रो कार्यकालका लागि चुनाव लड्दै छन् ।
बाइडनले भने बहस सुरु हुनु केही घण्टाअघि मात्र आफ्नो कर विवरण सार्वजनिक गरेका र त्यसमा उनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको देखिएको छ ।

१५/१५ मिनेटको ६ वटा भाग रहेको बहस भएको उक्त स्टुडियोमा भने कोरोनाभाइरसका कारण सिमित मानिसहरू मात्र सहभागी छन् । बहरमा अर्थतन्त्र, कोरोनाभाइरस र सर्वोच्च अदालत लगायतका विषयमा बहस केन्द्रित हुने बिबिसीले उल्लेख गरेको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्