Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
Sajha Hub

सत्तारुढ पार्टी नेकपाको सचिवालय बैठक आज, मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्ति विवाद


काठमाण्डौ 
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आजका लागि बोलाइएको छ ।

दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाइएको नेकपाले जनाएको छ । प्रधानमन्त्री साथै अध्यक्ष ओलीले पार्टीमा छलफल नै नगरी मुख्यसचिव सहित तीन देशमा राजदूत नियुक्ति गरेको भन्दै नेकपाका शीर्ष नेताहरु असन्तुष्ट भएको बेला सचिवालय बैठक बोलार्ईएको हो ।

स्थायी कमिटी निर्णय र सचिवालयको छलफल अनुसार राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका लागि ठोस मापदण्ड बनाउने विषयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति सम्बन्धी महत्वपूर्ण निर्णय एकलौटी गरिए पछि शिर्ष नेताहरु असन्तुष्ट देखिएका हुन् ।

मन्त्रीपरिषद् बैठकबाट बिहिबार शंकरदास बैरागीलाई मुख्य सचिव, पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत त्यस्तै गरि कपिलवस्तुका डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको लागि राजदूतमा सिफारिस गरेको थियो ।

यद्यपी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित बनेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच आज दिउँसो ४ बजे बैठक राख्ने सहमति भएपनि सचिवालय सदस्यलाई अहिलेसम्म खबर नगरिएको र प्रधानमन्त्री निकट स्रोतका अनुसार हिजो अध्यक्षद्वयबीचको सहमति अनुसार बैठक राख्नका लागि बालुवाटार इच्छुक नभएको बालुवाटार स्रोतले जनाएको छ ।

तर खुमलटार निकट स्रोतले भने बैठक तोकिएकै समयमा हुने जनाएको छ । यसै विच एक सचिवालय सदस्यले बैठक नराखेर पार्टीमा बन्न लागेको सहमतिको वातावरण फेरि प्रधानमन्त्री ओलीबाट बिर्गान खोजिएको आरोप समेत लगाएका छन् ।

यसरी हेर्दा नेकपामा फेरि विवाद निम्तिन खोजेको अनुमान लगाउन सकिन्छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्