Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

ओली, प्रचण्डको लामो भेटवार्ता, तर अझै जुटेन सहमति


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अन्तिम चरणमा पुर्याए पनि, मन्त्री बन्ने व्यक्तिको नाममा अध्यक्षद्वय ओली र प्रचण्ड बीच अझै अन्तिम सहमति हुन सकेको छैन ।

बिहिबार पनि अध्यक्षद्वयबीच बालुवाटारमा घन्टौँ छलफल भएपनि सहमतिको टुङ्गो लाग्न नसकेपछि दसैंपछिमात्रै मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीको तर्फबाट ८ जना व्यक्तिको नाम मन्त्री बनाउनका लागि ओलीलाई दिएको तर ती नाममा ओलीले सहमति जनाएका छैनन् ।

एकदुई दिनमा सहमति नभएमा तत्कालका लागि ओलीले ३ जना खाली ठाउँमा मन्त्री बनाएर दसैँ, तिहारपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बालुवाटार स्रोतको दावी छ ।

यसैबीच नेकपाभित्रको विवाद फेरि बल्झिने संकेत देखिएको भन्दै पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय रावल र पाण्डेसँग हिजो आफ्नो निवासमा छलफल गरेका छन् । नेपालले पछिल्लो चरणका छलफलमा अविश्वास बढ्दै गएको भन्दै प्रचण्डसँग प्रश्न गरेका थिए ।

महासचिव विष्णु पौडेल पनि सहभागी विहिबारको भेटमा तीन नेताबीच छलफल गर्दै जाने र एकताका बाँकी काम सक्ने सन्दर्भमा भने ठोस निष्कर्षमा पुग्ने समझदारी भएको स्रोतको दाबी छ ।

भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन संगै राजदूत नियुक्तिको विषयमा पनि छलफल भए पनि ती विषयमा दुई अध्यक्ष निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्