Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नवनियुक्त मन्त्रीहरुको पद् तथा गोपनीयताको शपथ, विहिबार देखि नै सम्हाले ३ मन्त्रीहरुले पदभार


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका नयाँ ३ मन्त्रीले विहिबार पद् तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरु विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा पद् तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद् तथा गोपनीयताको शपथ गराएकी थिइन् । सपथ लिएपछि तीनैजना पदभार सम्हाल्न विहिबार नै सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महिला, बालबालिका तथा जेष्ठनागरिक मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए । गुरुङलाई सञ्चारको जिम्मेवारी दिएर रक्षा भने ओली आफूसँगै राखेर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार नेकपा महासचिव विस्नु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला मन्त्रालयमा सिफारिस गरि हिजो नै राष्ट्रपतिबाट तीनैजना मन्त्री नियुक्त भएका थिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्