Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, बैठक ११ बजे बस्ने


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आज मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

देशभर राजावादीहरुले प्रदर्शन गरिरहेका बेला प्रधानमन्त्रीले गणतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुभएको हो । त्यसबाहेक आफ्नै दलको आन्तरिक राजनीतिक, कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार लगायतका विषयमा छलफल हुने भट्टराईले बताउनुभयो ।

भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि गत वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्