Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेकपा संसदीय दलको नेतामा अब प्रचण्ड ! प्रधानमन्त्रीका लागि पनि प्रस्ताव गरिँदै


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए । मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट हटाएको छ। प्रतिनिधि सभा विघटनपछि सत्तारुढ दलमा फुट आएको हो ।

यता प्रधानमन्त्री ओलीले भने हिजै स्थायी कमिटी विस्तार गरी आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरिसकेका छन् ।

संसदीय दलको बैठकले दलको नेताबाट ओलीलाई हटाएर प्रचण्डलाई चयन गर्ने तयारी गरेको छ । त्यसैगरी उनलाई अबको प्रधानमन्त्रीका रुपमासमेत प्रस्ताव गर्ने तयारी बैठकले गरेको गुरुङले जानकारी दिए ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्