Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रचण्डसँग बादलको सम्बन्ध बिच्छेद, ईश्वरको वरियता फेरि खस्कियो


काठमाडौं । सत्तारुढ दल औपचारिक विभाजन भएपछि मौन बस्दै आएका उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा वादल मध्ये वादलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै समर्थन गर्ने भएका छन् । पुर्नगठित पार्टीको दोस्रो वरियता पाउने भएपछि बादलले ओली पक्षलाई समर्थन गर्न लागेका हुन् ।

नेकपाका सचिवालय सदस्य रहेका वादलले बुधवार विहान प्रधानमन्त्री ओलीसँग भेटघाट गरेपछि आफ्नो मर्यादाक्रम टुंग्याएका थिए ।

प्रधानमन्त्रीलाई भेटेर आएपछि वादलले अर्का अध्यक्ष  प्रचण्डसँग कुराकानी गरेर अब सँगै जान नसकिने भइयो भन्दै ओलीतिर खुलेको जानकारी गराएका थिए । दाहालतिर लाग्दा पाँचौ वरियतामा परिने तर ओलीतिर लाग्दो दोस्रो वरियता पाउने भएपछि उनी ओलीतिर खुलेका हुन् ।

वादल अब लेखराज भट्ट , टोपबहादुर रायमाझी लगायतका पूर्व माओवादीहरुको नेता हुनुहुनेछ उहाँको पुरानो गुट भत्किएको छ ओलीतिर आएपछि नयाँ गुट निर्माण भएको छ’, वादल निकट एक नेताले भने ।

बुधबार विहान प्रधानमन्त्री ओलीसँगको भेटमा बादलले अव आफु खुलेर लाग्ने बताएका थिए । विहिबार बस्ने ओली पक्षीय केन्द्रीय कमिटी बैठकमा वादल सहभागी हुनेछन् । पूर्वमाओवादीका नेता बादल पार्टी ध्रुवीकरण भएपछि कुनै पक्षको बैठक र भेलामा सहभागी भएका थिएनन् । पूर्व माओवादीभित्र उनको छुट्टै गुट रहेको थियो ।  करिब ३७ जना सदस्य रहेपनि पम्फा भूषाल, देव गुरुङहरु भने प्रचण्डतिर रहेका छन् ।

प्रचण्डकै कोटाबाट गृहमन्त्री बनेपनि पछिल्लो समय बादलले प्रधानमन्त्रीलाई साथ दिदै आएका छन् । प्रचण्डले उनलाई विचमै गृहमन्त्रीबाट हटाउन खोजेपछि विग्रेको सम्बन्ध अहिलेसम्म सुधार हुन सकेको छैन ।

प्रधानमन्त्री ओलीले पार्टीमा उनलाई दोस्रो वरियताको नेता बनाउने गरी सहमती गरेपछि उनले आफू निकट नेताहरुलाई ओलीतिर जाने बताइसकेका छन् । वादलसँग लुम्बिनी प्रदेशका गृहमन्त्री कुलबहादुर केसी सोनाम पनि ओलीतिरै लाग्ने भएका छन् ।

वादलनिकट रहेका केही नेताहरु अलमलमै रहेका छन् । महेश्वर दाहाल भने अझै अलमलमै रहेका छन् । सूर्य सुवेदीले कुनै निर्णय गरेका छैनन । पछिल्लो समय बादलसँग पुर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा रहेका छन् ।

उनीहरु यसअघि नै प्रधानमन्त्रीको समुहमा लागिसकेका छन । लेखनाथ न्यौपानेले भने आफू ओलीसँग जान नसक्ने बताइसकेका छन् । सत्ता सुखमा रहँदा रहंदा बादललाई ओलीको काख प्यारो भएको प्रचण्ड निकट एक नेताले बताए ।

ओलीले दोस्रो वरियता वादललाई दिने भएपछि ईश्वर पोखरेलको वरियता भने खोसिने भएको छ ।  सचिवालय बैठकमा आठौ वरियतामा रहेका थापा अब पोखरेलभन्दा माथि हुने भएका छन् । पोखरेल सातौ वरियतामा थिए । दुई पार्टी एकिकरण हुँदा महासचिव खोसिएका पोखरेलको ओलीतिर वादल आउदा पोखरेलको वरियता तेस्रोमा पुग्ने भएको छ ।

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्