Techie IT
  • २४ जेठ २०८३, आईतबार

प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्य र सांसद निर्वाचन आयोग र सर्वाेच्च अदालत जाँदै


काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका सबै केन्द्रीय सदस्य आज (शुक्रबार) निर्वाचन आयोग र सबै ‘सांसद’ सर्वाेच्च अदालत जाँदै छन् ।

बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा (प्रचण्ड–नेपाल समूह) स्थायी समिति बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वाेच्च अदालत जाने निर्णय गरेको हो ।

‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ बिहीबारको स्थायी समिति बैठकपछि स्थायी समिति सदस्य भीम आचार्यले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद शुक्रबार १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ ।’

बहुमत र हस्ताक्षरबारे पनि कुनै शंका नहोस् भनी त्यसो गर्न लागिएको उनले बताए ।

आधिकारिक पार्टी आफू भएकाे दाबी गर्न आयोग र संसद् जीवित छ भनेर देखाउन सर्वोच्च अदालत जाने निर्णय गरिएकाे प्रचण्ड-नेपाल नेतृत्वकाे नेकपाले जनाएकाे छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्