पुस १४ गते प्रचण्ड-नेपाल समूहको काठमाडौंमा शक्ति प्रर्दशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले पुस १४ गते काठमाण्डुमा शक्ति प्रर्दशन गर्ने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धमा नेकपाले काठमाण्डुमा ५० हजार कार्यकर्ता उतार्ने तयारी गरेको हो । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । आइतबार पेरिसडाँडामा १४ गतेको प्रर्दशनबारे छलफल गर्न सचिवालयको बैठक बसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै नेकपा नेता देवेन्द्र पौडेलले शक्ति प्रर्दशनबारे तयारी भइरहेको जानकारी दिए ।
यो समूहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध ५० हजार कार्यकर्ता काठमाण्डु उतार्ने तयारी गरेको छ । प्रधानमन्त्री अोलीले संसद विघटनको विरुद्धमा प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गरिरहेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको कमेन्ट लेख्नुहोस्