Techie IT
  • ९ चैत्र २०८१, आईतबार
Sajha Hub

डिआइजी सहकुल थापा एआइजीमा बढुवा


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल बहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा हुनु भएको छ ।

बिहीबार सकेको मन्त्रिपरिषद्को बैठकले डिआईजी थापाको एआइजीमा बढुवा गरेको हो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । १० दिनअघि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको थियो ।

सरकारले एआइजीको दरबन्दी थपेर उहाँको बढुवा गरेको हो । अब थापा आगामी बैशाखमा महानिरीक्षक बढुवाको प्रतिस्पर्धामा हुनेछन् ।


क्याटेगोरी : राजनीति, समाचार, सुरक्षा

तपाईको कमेन्ट लेख्नुहोस्