Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

प्रधानमन्त्री ओलीले मंगलवार बालुवाटार छोड्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली नै बालुवाटार छोड्ने भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग लामो छलफल गरेर प्रधानमन्त्री फर्केसंगै उनले बालुवाटार छोड्ने तयारी गरेका हुन । ओलीसंगै एमाले महासचिव इश्वर पोखरेल पनि शीतल निवास पुगेका थिए ।

सर्वोच्चले अदालतले प्रतिनिधिसभा ब्युताउंने निर्णय गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसंगै ओलीले बालुवाटार छोड्न लागेका हुन । उनले सर्वोच्चको निर्णयलाई मान्दै बालुवाटार छोड्न लागेका हुन ।

प्रधानमन्त्रीले मंगलवार बालुवाटार छोडेर बालकोट जाने तयारी गरेको स्रोतले बतायो । बालुवाटार स्रोतले दिएको जानकारीअनुसार भोली बालकोट सर्नेगरी अहिले सामान प्याकिङ्ग गर्ने काम भइरहेको छ ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्