Techie IT
  • १७ असार २०८२, मंगलबार
Sajha Hub

प्रधानमन्त्रीमा शपथ लिएपछि देउवालाई बधाई दिने पहिलो व्यक्ति माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर दिनु भयो ।

त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिनु भएको थियो।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्