Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

माधव नेपाललाई भेट्न पुग्नु भएका प्रधानमन्त्री देउवा र नेपाल बीच एक घण्टा छलफल


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निम्तोमा बुधबार कोटेश्वरस्थित नेपाल निवास पुग्नु भएको छ। प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट चिया पिउन नेता नेपालले देउवालाई घरमा बोलाउनु भएको थियो । नेपालको निम्तोपछि प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुग्नु भएको थियो।

उहाँहरूबीच करिब एक घन्टा भलाकुसारी भएको थियो। सुरूमा एमाले नेता नेपालसहित विरोध खतिवडालगायत नेताहरूसँग कुराकानी भए पनि पछि देउवा र नेपालले कुराकानी गर्नु भएको थियो।
सरकार सञ्चालन र अहिलेसम्मका राजनीतिक घटनाक्रमबारे समीक्षा भएको उक्त छ्लफलमा सहभागी काङ्ग्रेस महामन्त्री खड्काले बताउनु भएको छ। सरकार सञ्चालन तथा कोरोना नियन्त्रण लगायतमा प्रभावकारी काम हुनुपर्ने र सरकारले सबैका कुरा सुनेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभएको खड्काले बताउनुभयो ।

नेता नेपालसहित एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। ती सांसदले विश्वासको मत नदिए देउवा सरकार अफ्ठेरोमा पर्नेछ।

गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएकै दिन नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताउनु भएको थियो।

मङ्गलबार नेपाल देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउने कार्यक्रममा सहभागी हुँदै बधाई दिएको कुरालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालकोट पुगेपछि आलोचना गर्नु भएको थियो । ओलीले नेता नेपालकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको र नेता नेपाललाई एमालेमा ठाउँ नभएको बताएको केहीबेरमै प्रधानमन्त्री देउवा र नेता नेपाल बिच भेटवार्ता भएको हो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्