प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ ।
आज बिहान ९ः५७ बजे देउवा बालुवाटार सर्न लाग्नुभएको हो । गत मंगलबार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवा निजी निवास बूढानिलकण्ठमा बस्दै आउनुभएको थियो ।
ज्योतिषको सल्लाहअनुसार उहाँ आज बालुवाटार सर्न लाग्नु भएको उहाँको सचिवालयले जानकारी दिएको छ । यस्तै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाड्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्