आज एमाले स्थायी समिति बैठक बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गर्नु भएको हो। बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो ।
पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो । केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर बैठक च्यासलमा आयोजना गर्न लागिएको उहाँको भनाई छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले जानकारी दिनुभयो ।
यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक पनि बोलाउनु भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्