उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । सोमबार निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएको हो।
आयोगको इजलासले उपेन्द्रको पक्षले बहुमत पाएकाले आधिकारिकता दिएको सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो । आयोगले महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि आह्वान गरेको छ ।
जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका थिए । रेशम चौधरी भने तटस्थ बस्नु भएको छ।
पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवश्यक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।
तपाईको कमेन्ट लेख्नुहोस्