Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चयन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनु भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा बसेको बैठकले यादवलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यादवलाई संसदीय दलको नेताका लागि प्रस्ताव गर्नु भएको थियो । त्यसलाई सांसद महेन्द्रराय यादवले समर्थन जनाउनु भएको थियो।

आजको बैठकमा २१ जना सांसद उपस्थित हुनुहुन्थ्यो । महन्थ ठाकुरसहित ११ सांसद अनुपस्थित रहनु भएको थियो । निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादवलाई पार्टी आधिकारीकता दिएपछि संसदीय दलको नेता चयन गरिएको हो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्