Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

एमाले स्थायी कमिटी बैठक एकता प्रयासका लागि भन्दै स्थगित


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । विघटित कार्यदलका सदस्यहरुको आग्रहपछि आइतबार बस्नेगरी बैठक स्थगित गरिएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

शनिवार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाइएको थियो तर बैठक बस्नुअघि विघटित कार्यदलका सदस्यहरु छलफलमा जुटेका थिए ।

अझैपनि सहमतिको सम्भावना कायमै रहेकाले आजको स्थायी कमिटी बैठक रोकेर माधव नेपालसंग संवाद गर्न कार्यदलका सदस्यहरुले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । कार्यदलको आग्रहपछि बैठक स्थगित गरिएको नेता नेम्वाङले बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्