संसदमा अर्थमन्त्री जनार्दन शर्माद्वारा आर्थिक श्वेतपत्र जारी, १ खर्ब ४३ अर्ब सरकार घाटामा

काठमाडौं । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक श्वेतपत्र जारी गर्नुभएको छ ।
२०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराउदै अर्थमन्त्री शर्माले संसदमा आर्थिक स्वेतपत्र जारी गर्नुभएको हो ।
‘आर्थिक वर्ष २०७७/७८सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटा पूर्तिमा लगाउने हो भने पनि एक खर्ब ४३ अर्बले सञ्चित कोष घाटाम रहेको देखिएको छ,’ जारी श्वेतपत्रमा उल्लेख गरिएको छ ।
स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताउदै अर्थमन्त्री शर्माले आर्थिक वर्ष अन्तिममा खर्च गर्ने प्रवृत्तिले वित्तीय अनुसास थिथोलिएको शर्माले स्वेतपत्रमा उल्लेख गर्नुभएको छ ।
बजेट परिचालनमा अनुशासन नहुँदा बजेट योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको बताउनु हुदैँ अर्थमन्त्री जर्नादन शर्माले यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकमा लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको स्वेतपत्रमा उल्लेख गर्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्