Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

माधव नेपालले नयाँ दल दर्ताका लागि पुनः निवेदन दर्ता गर्नुपर्ने


काठमाडौं । माधव नेपालले एमाले विभाजन गरी नेकपा एमाले समाजवादी दल दर्ताका लागि २ भदौमा निर्वाचन आयोगमा दिएको निवेदन काम नलाग्ने भएको छ । नेपालले नयाँ दल दर्ताका लागि पुनः निवेदन दर्ता गर्नुपर्ने भएको छ ।

राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि निवेदन दिनुपर्ने भएको हो ।आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार नियमावली संशोधन गरी कानुन मन्त्रालयमा पठाइसकेको छ । नियमावली राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताका लागि प्रक्रिया सुरु हुन्छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जतिसक्दो छिटो दर्ता प्रक्रिया टुंगो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि दल दर्ताको प्रक्रिया अगाडि बढ्छ, त्यसका लागि हिजोका निवेदनले काम गर्दैन, फेरि निवेदन दिनुपर्छ ।’

आयोग फास्ट ट्रयाकमा दल दर्ता गर्ने तयारीमा छ । नयाँ दल दर्ताका लागि प्रक्रिया पूरा गरी निवेदन दिएको खण्डमा सनाखतका लागि मात्रै समय लाग्नेछ । आयोगले सनाखतका लागि संसद सचिवालयसँगको समन्वयमा समय तोक्नेछ । सनाखत सकिए लगत्तै दल दर्ताको टुंगो दिनेछ । त्यसो हुँदा बढीमा १५ दिन लाग्ने उहाँको भनाई छ ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्