Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

वाईसीएलको संयोजकमा देवकोटा र सह-संयोजकमा सिर्पाली


काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलको संयोजक र सह-संयोजक तोकिएका छन् ।

मंगलबार बसेको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गर्दै संयोजकमा सुमन देवकोटा र सह-संयोजकमा सुवोध सिर्पालीलाई चयन गरेको हो ।

केहीदिन पहिले सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलनमा देवकोटा र सिर्पाली अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । सहमति जुट्न नसकेपछि राष्ट्रिय सम्मेलनबाट पदाधिकारीविहीन २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।


क्याटेगोरी : राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्