सागमा पांच हजार खेलाडी नेपाल आउँदै

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा पाँच हजार खेलाडी सहभागी हुने भएका छन् । सागमा २७ खेल ९बिच भलिबल र थ्री अन थ्री बास्केटबल० समेत गरि सागमा कुल २९ खेलमा सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी नेपाल आउनेछन् ।
मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको मिडिया अधिकार भने भारतको एन के मिडिया प्रालिले खरिद गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र भारतको एनके मिडिया भेन्चर प्रालिबीच आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच आठ करोडमा सम्झौता भएको हो ।
प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ कास्य गरि कुल १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्