Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

विश्वकप फुटबल : कुवेतसँग भिड्दै नेपाल


काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ । भुटानको थिम्पुस्थित हुने खेलमा नेपालले कुवेतसँग अंक खोस्ने दावी गरेको छ । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

दशरथ रंगशालाको निर्माण कार्य नसकिएका कारण नेपालले कुवेतसँग न्युटन भेन्युको रुपमा थिम्पुमा खेल्न लागेको हो । टोलीका प्रशिक्षक योहान कालिनले खेलाडीमा कुवेतलाई रोक्ने आम विश्वास रहेको बताए । कालिनको टोलीमा महत्पूर्ण चार खेलाडी छैनन् ।

भुटान जानुअघि मध्यराती ठमेलको नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टोलीबाट हटाएको थियो । प्रशिक्षक कालिनले टोलीमा अरुपनि राम्रा खेलाडी रहेको बताएका छन् ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्