Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा


काठमाडौं – बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ ।अफगानिस्तानलाई हराउँदै बंगलादेश इमर्जिङ टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको हो ।

अब उसले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अयोजक बंगलादेशले अफगानिस्तालाई ७ विकेटले हरायो ।

अफगानिस्तानले दिएको २२९ रनको लक्ष्य उसले ३९।५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि शौम्य सरकारले ६१ रन बनाउँदा नजमुल सान्टोले ५९ रनको पारी खेले । अफिफ हुसेन ध्रुबो ४५ र यासिर अली चौधरी ३८ रनमा अविजित रहे ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्