Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

नेपालगञ्ज म्याराथनमा आर्मीका नवराज साउदले मारे बाजी


नेपालगञ्ज– पाँचौँ नेपालगञ्ज म्याराथनमा नेपाल आर्मीका नवराज साउदले बाजी मारेका छन्। आर्मीकै खगेन्द्र भाटलाई १६ सेकेन्डले पछि पार्दै साउदले नेपालगञ्ज म्याराथनको उपाधि जितेका हुन्।

नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणमा आइपुग्दा नेपाल आर्मीकै धावकले वर्चस्व जमाएका छन्। पहिलो संस्करणमा आर्मीका होमलाल श्रेष्ठ, दोस्रोमा आर्मीकै कृष्ण बस्नेत प्रथम भएका थिए। तेस्रोमा जुम्लाका दुर्ग बुढा र चौथो संस्करणमा नेपाल प्रहरीका भूमिराज राई प्रथम भएका थिए।

प्रथमले ६५ हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार, चौथोले १५ हजार, पाँचौँले १० हजार, छैटौँले ८ हजार, सातौँले ६ हजार र आठौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाएका छन्।

महिला हाफ म्याराथन पनि आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले जितिन्। जुम्लाकी राममाया बुढाले कडा टक्कर दिए पनि ३७ सेकेन्डले पछि परिन्। आर्मीकी न्यौपानेले एक घण्टा ३० मिनेट २१ सेकेन्डमा हाफ म्याराथन ९२१ किलोमिटर० पूरा गर्दा जुम्लाकी बुढाले एक घण्टा ३० मिनेट ५८ सेकेन्ड लगाइन्। तेस्रो भएकी सशस्त्र प्रहरीकी कृष्णेश्वरी सिम्कलाले एक घण्टा ३३ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरिन्।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्