Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

महिला ट्रायथलनमा नेपाललाई स्वर्ण पदक


पोखरा – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ट्रायथलनमा नेपालले स्वर्ण पदक जितेको छ।पोखरामा सोमबार भएको महिला ट्रायथलनमा नेपालकी सोनिका गुरुङले स्वर्ण पदक जितेकी हुन् । यस विधामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी छन् ।

यसअघि सोमबार विहान भएको पुरुषतर्फको ट्रायथलनमा भारतका एम।एन सिनिमलले स्वर्ण पदक जितेका थिए। भारतकै विश्वजीत सकिमले रजत पदक जिते। नेपालका नितेश मानन्धरले काश्य पदकमा हात पारे। गौरीघाटबाट सुरु भएको ट्रायथलनमा ७५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड भएर सम्पन्न भएको थियो।

३ दिनसम्म चल्ने ट्रायथलन प्रतियोगितामा ५ स्वर्ण, ५ रजत र ५ कास्य गरि १५ पदकका लागि प्रतिस्पर्धा हुँदैछ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्