Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

एथलेटिक्समा सन्तोषीले दिलाइन् ऐतिहासिक स्वर्ण पदक


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा स्वर्ण जितेकी हुन् ।

दश हजार मिटर लामो दौड प्रतियोगितामा नेपाली खेलाडी सन्तोषी श्रेष्ठले ३५ मिनेट ७९ दशमलव ४ सेकेण्डमा निर्धारित दुरी पार गरेर ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् ।

सन्तोषीले एक सेकेण्डले भारतकी कविता यादालाई पछि पारेकी हुन् । यादाले ३५ मिनेट ७९ दशमलव ५ सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्