माल्दिभ्सलाई पराजित गर्दै नेपाल २–१ ले विजयी
 
	
				
			काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै बीजयी बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २–१ ले पराजित गर्दै फाइनल नजिक पुगेको हो।
खेलको १७ औँ मिनेटमा माल्दिभ्सले गोल गरेर अग्रता लिएको थियो। तर ४२ औँ मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। नेपालका लागि अनन्त तामाङले ५१ औँ मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।
क्याटेगोरी : खेलकुद
ट्याग : #breaking
 
				 
				 
				 
				 
				 
				
तपाईको कमेन्ट लेख्नुहोस्