Techie IT
  • २१ वैशाख २०८२, आईतबार
Sajha Hub

सागमा तीन स्वर्ण जित्ने पहिलो खेलाडी गौरिका सिंह


काठमाडौं– १३ औं साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले तीन स्वर्ण जितेकी छिन् । आइतवार गौरिकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५।२८ सेकेण्डमा पुरी गरिन् ।

उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी छिन् । यससँगै जारी सागमा स्वर्ण संख्या ४५ पुगेको छ ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्