Techie IT
  • २० वैशाख २०८२, शनिबार
Sajha Hub

गोवामा अन्तरास्ट्रिय स्तरको ३४ औं तेक्वान्दो प्रतियोगिताको तयारी पुरा


-लोकेन्द्र शेर्पाली\गोवा- नयाँ दिल्ली स्टार तेक्वान्दो एकाडेमीद्वारा आयोजित अन्तर्राष्ट्रिय स्तरको ३४ औं तेक्वान्दो प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । अलइन्डिया तेक्वान्दो हेड कोच प्रकाश जैगडिले ३४ औं तेक्वान्दो प्रतियोगिताको अन्तिम तयारी पुरा भएको जनाएका छन् ।

उक्त प्रतियोगितामा भाग लिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट तेक्वान्दो खेलाडीहरु भारतको गोवामा आईसकेका छन् । उक्त तेक्वान्दो प्रतियोगिता आफ्नो जिबनको लागि ऐतिहासिक कार्यभएको जैगडि बताउँछन् ।

प्रतियोगिता यहीँ डिसेम्बर २६ र २७ को दुई दिन सेमिनार हुनेछ उक्त सेमिनार प्रतियोगितामा ग्रांडमास्टर राजेद्रन बालन प्रशिक्षण दिने छन् र उक्त तेक्वान्दो प्रतियोगिता उद्घाटन डिसेम्बर २८ तारिखमा हुनेछ छ भने समापन डिसेम्बर ३० हुनेछ ।


क्याटेगोरी : खेलकुद

तपाईको कमेन्ट लेख्नुहोस्